पर्साका नवप्रजिअ सुवेदीसँग पर्साका राजनीतिक दलहरूको परिचयात्मक छलफल


वीरगञ्ज, भदौ १० गते । जिल्ला प्रशासन कार्यालय पर्साका नव नियुक्त प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० तोय नारायण सुवेदीसँग पर्साका बिभिन्न राजनीतिक दलहरूले आज परिचयात्मक छलफल गरेका छन्।
छलफलका क्रममा दलका प्रतिनिधिहरूले नागरिकता प्रतिलिपि लिँदा झन्झटिलो प्रक्रिया हटाउन, किसानलाई सहज रूपमा मलखाद उपलब्ध गराउन, शान्ति सुरक्षा कायम राख्न र राजस्व चुहावट रोक्न पर्साका राजनीतिक दलहरूले माग गरेका छन्।
यस्तै, भन्सार चेकप्वाइन्टमा सशस्त्र प्रहरीले चेकजाँचको नाममा दिने दुःख हटाउन, राष्ट्रिय परिचयपत्र वितरणमा देखिएका समस्या समाधान गर्न तथा समुदायमा बढ्दो हैजा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रजिअ सुवेदीको ध्यानाकर्षण गराइएको छ।

सम्बन्धित खबर


