नेपालको भूमि कुनैपनि छिमेकी राष्ट्रको बिरुद्धमा प्रयोग हुँदैन र हुन पनि दिनौं — गृहमन्त्री लेखक


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १६ गते ।
संघीय सरकारका गृह मन्त्री रमेश लेखकले नेपालको भूमि कुनैपनि छिमेकी राष्ट्रको बिरुद्धमा प्रयोग नहुँने बताउदै त्यसरी कसैलाई प्रयोग गर्न पनि नदिने बताउनु भएको छ ।
झाडापखाला तथा हैजाका बिरामीहरुलाई अस्पतालमा नै गई भेटघाट गर्न , स्थानीय सुरक्षा निकायसंग छलफल गर्न शनिबार साँझ वीरगञ्ज आईपुग्नु भएका गृहमन्त्री लेखकले सोमबार प्रेस यूनियन पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो धारणा राख्नु भएको हो ।
पाकिस्तानका केही मानिसहरु नेपाल हुँदै भारत गएको भन्ने समाचारको खण्डन गदै गृहमन्त्री लेखकले ती व्यक्तिहरु नेपाल आएपनि नेपालबाट मलेशिया गएको देखिएको स्पष्ट पार्नु भयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामी सचेत छौ ,हाम्रो देशको भूमि हाम्रा कुनैपनि छिमेकी राष्ट्रको बिरुद्धमा प्रयोग हुनु हुँदैन , कुनै पनि छिमेकी राष्ट्रको सुरक्षा चुनौती हुने काम हाम्रो भूमिमा हुन दिदैनौँ ।’
प्रधानमन्त्रीको चिन भ्रमण र त्यहा भएका सम्झौताहरुका विषयमा स्पष्ट पार्दै गृहमन्त्री लेखकले भन्नुभयो , ‘हामी कुनैपनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनौ , नेपालमा कुनैपनि देशको सैन्य रणनीतिमा संलग्न हुँदैन , हाम्रो कुनै देशसंग शत्रुभाव छैन , हामी सबैसंग सहयोग लिन र सहयोग गर्न चाहान्छौं ।’
लिपुलेकको विषयले नेपाल भारतको सम्बन्धका कस्तो प्राव पार्ला भन्ने सञ्चारकर्मीहरुको जित्रासामा गृहमन्त्री लेखकले भन्नुभयो , ‘त्यो भूमि हाम्रो हो , हामीले हाम्रो भूमिलाई हाम्रो हो भन्दा कुनै देशसंग हाम्रो सम्बन्ध बिग्रिनु पर्ने कारण छैन । यसमा मित्रराष्ट्र भारतले चित्त दुखाउनु पर्ने छैन यसमा हामी स्पष्ट छौंँ । चिन र भारतबिच भएको सम्झौतामा हाम्रा प्रधानमन्त्रीले आपत्ति जनाएर ठीक काम गनुभयो ।’
वर्तमान संविद्यान हामीले १० वर्ष अभ्यास गरी सकेको जनाउदै गृहमन्त्री लेखकले संविद्यानको सबल पक्ष , कमजोर पक्ष पत्ता लगाई कहाँनिर जटिलता छ कहाँनिर समस्या छ पहिचान गरी संशोधनको विषय बनाईने र त्यस विषयमा छलफल गरी राष्ट्रिय सहमतीको साथ संविद्यान संशोधन गरी उहाँले स्पष्ट पार्नु भयो ।
सञ्चार र लोकतन्त्र एक अर्कामा परीपुरक भएको दाबी गर्दै गृहमन्त्रीले मुलुकमा स्वतन्त्र पधकारिता भएमात्र देशमा लोकतन्त्र हुने धारणा राख्नुभयो । पछिल्लो पटक राजाले ‘कु’ गर्दाको समय स्मरण गराउदै उहाँले थप्नु भयो ‘तपाईहरु याद गर्नुस् त त्यसबेला नेताहरुको घरमा पुग्नुभन्दा पहिले सञ्चारगृहहरुमा सेना र प्रहरी पुगेका थिए ।’
कर्मचारी शासक होईन सेवकका रुपमा काम गर्नुपर्ने बताउदै उहाँले कुनै पनि सेवा प्रदायक संस्थामा कर्मचारीहरुले सेवाग्राहीसंग सम्मानजनक व्यवहार गर्ने र सुशासनको प्रत्याभूति गराउनु पर्नेमा जोड दिनुभयो ।
पछिल्लो समयमा मुलुकमा सुरक्षाको सवालमा कुनै ठूलो चुनौती नरहेको दाबी गर्दै उहाँले केही अपराधका घटना भईरहेपनि कसैले असुरक्षित महसुस गर्नु पर्ने स्थिति नरहेको स्पष्ट पार्नुभयो ।
देशको सम्वृद्धिका लागि शान्ति र सुरक्षा पूर्वशर्त भन्दै गृहमन्त्री लेखकले शान्ति सुरक्षाको स्थिति राम्रो भने विकास निमार्ण अर्थतन्त्र सबैमा नकारात्मक असर पर्ने , बिगतको शसस्त्र द्वन्द्व प्रमाणित गरी सकेको बताउनु भयो ।
जातीय द्वन्द्व फैलाउने , धार्मिक द्वन्द्व फैलाउने कुराबाट समाजलाई जोगाउनु पर्ने धारणा राख्दै गृहमन्त्री लेखकले हाम्रो देश नेपालमा रहेका भौगोलिक , भाषिक , धार्मिक र सांस्कृतिक बिविधता हाम्रा सम्पत्ति र सुन्दरता भएको बताउदै अहिले समाजमा सौहार्दता र साष्हिणुता आवश्यक रहेको त्यसकालागि सञ्चारजगतको महत्वपूर्ण भूमिका रहेको जनाउनु भयो ।
वीरगञ्जमा फैलिएको हैजाका सन्दर्भमा गृहमन्त्री लेखकले भन्नुभयो ‘आवश्यक परे हैजा नियन्त्रणका लागि नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मीहरुलाई परिचालन गरिने छ । अहिले सरकारको मुख्य ध्येय भनेको झाडापखाला र हैजाको सङ्क्रमण रोक्ने हो ।’
पत्रकार सम्मेलनमा मधेस प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी , काँग्रेसका नेता अनिल रुंगटा, मधेस प्रदेश साँसद श्याम पटेल ,पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुबेदी, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर


