वीरगञ्ज मंसिर १२ गते

समाजवादी प्रेस सङ्गठन नेपाल पर्साले प्रदान गर्दै आएको स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार आशुकुमार सर्राफले पाउने भएका छन ।
पुरस्कार छनौट समितिले दोस्रो स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यात्रा डेलीका सर्राफलाई प्रदान गर्ने निर्णय गरेकाले २१ हजार रुपैयाँ नगद राशीको उक्त पुरस्कार सर्राफले पाउने भएका हुन ।
पुरस्कार छनौट समितिका संयोजक तथा समाजवादी प्रेस सङ्गठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनका अनुसार आगामी मङ्सिर १५ गते वीरगञ्जमा आयोजना हुने स्व. नरेश सर्राफको तेस्रो स्मृति सभामा पुरस्कार वितरण गरिने छ ।
पत्रकार नरेश सर्राफको २०७९ मङ्सिर १५ गते हृदयाघातका कारण अल्पायुमै निधन भएको थियो । समाजवादी प्रेस सङ्गठन नेपाल पर्साले उनको सम्झनामा पुरस्कार प्रदान गर्दै आएको छ ।