युवा नेताहरु अमिताभ बच्चन दास र मनोज चौधरीबिच पर्सा २मा रोचक प्रतिस्पर्धा

वीरगञ्ज (पर्सा), माघ १० गते ।
पर्साको निर्वाचन क्षेत्र नम्बर २ मा ३१ जनाले उम्मेदवारी दिएका छन भने विद्यार्थीकालबाट राजनीतिमा आएका युवा नेताहरुपनि चुनावी परीक्षामा होमिएका छन् ।
बिद्यार्थी जीवनमा राजनीति गरेका अमिताभ बच्चन दास र मनोज चौधरीका लागि यो उम्मेदवारी परीक्षाको रुपमा रहेको देखिन्छ । देशमा युवाहरुलाई सरकारमा ल्याउनु पर्छ युवाले देश बनाउछन भन्ने लहर चलेको बेला निर्वाचनमा होमिएका यि युवाहरुले नेपाली काङ्ग्रेसबाट यही क्षेत्रमा जीतेर पटक पटक मन्त्री भईसकेका अजयकुमार चौरसिया , पेशाले उद्योगीहरु अशोक टेमानी र रीमाकुमारी यादव त्यस्तैगरी वडाध्यक्ष पदमा जीतेर स्थानीय सरकार चलाएका सुशील साह कानूसंग चुनावी प्रतिस्पर्धा गर्नु परेको छ ।
अमिताभ बच्चन दासले प्रगतिशील लोकतान्त्रिब पार्टीबाट उम्मेदवारी दिनु भएको हो भने मनोज चौधरीले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिनु भएको हो ।
पटक पटक जितेर केही राम्रो गर्न नसक्ने उम्मेदवार , अनि उद्योगधन्दामा व्यस्ता उम्मेदवार , जनताले ५ वर्षकोलागि प्रतिनिधि चुनेर पठाएकोबिचैमा छोडेर आउने उम्मेदवारभन्दा विद्यार्थीकालबाट राजनीतिमा होमिएका ठूलो आर्थिक हैसियत नभएका जनताको पक्षमा रहने विद्यार्थीकालदेखि कै नेता युवा नेताहरु नै मतदाताको रोजाईमा पर्ने आङ्कलन गर्न सकिन्छ ।
दुई जनाको उम्मेदवारी फिर्ता भएसंगै अब पर्साका चार वटै निर्वाचन क्षेत्रबाट ६४ जना दलका र ४३ स्वतन्त्र गरी १ सय ७ उम्मेदवार चुनावी मैदानमा रहेका छन ।
अब निर्वाचन क्षेत्र नम्बर १ मा १० जना स्वतन्त्र सहित ३० जना उम्मेदवार अनि निर्वाचन क्षेत्र २ मा १३ स्वतन्त्र सहित ३० उम्मेदवार रहेका छन् । त्यस्तैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा ९ स्वतन्त्र सहित २३ जना उम्मेदवार र निर्वाचन क्षेत्र नम्बर ४ मा ११ स्वतन्त्र सहित २३ उम्मेदवार रहेका छन् ।

सम्बन्धित खबर







