“पर्सामा प्रतिनिधि सभा निर्वाचन: ६५ प्रतिशतभन्दा बढी मत खस्यो”

२१ फागुन,वीरगञ्ज । आज भएको प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्लाभर अनुमानित ६५ प्रतिशतभन्दा बढी मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक जानकारीअनुसार मतदाता उपस्थितिले उत्साहजनक सहभागिता देखाएको छ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिँदै भने, “विवरण संकलन कार्य अझै जारी छ, त्यसैले एकिन तथ्याङ्क आउन केही समय लाग्नेछ।”
पर्सा जिल्लामा ४ निर्वाचन क्षेत्र रहेका छन्, जसमा कुल ३ लाख ७६ हजार ५३१ मतदाता छन्। देशैभर आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन भएको थियो।
मतदानको क्रममा मतदाताले उत्साहजनक सहभागिता देखाएका थिए। सुरक्षाका लागि पर्याप्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरी खटाइएको थियो। यसले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन मद्दत गरेको छ।
निर्वाचन अधिकृतले मतदाता र कर्मचारी दुवैलाई संयमित रहन र मतदान प्रक्रिया सुचारु बनाउन सहयोग गर्न आग्रह गरेका छन्। प्रारम्भिक जानकारी अनुसार पर्सा जिल्लामा मतदान प्रतिशत उच्च देखिएको छ, तर अन्तिम विवरण आउन अझ केही समय लाग्ने बताइएको छ।







