पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका बुद्धिबहादुर (हरि) पन्त विजयी

दिपकप्रसाद गौतम
वीरगञ्ज (पर्सा), फागुन २३ गते ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार बिहान सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि बहादुर पन्तले १४ हजार २ सय ४४ मतको अन्तरले नेकपा एमालेका उम्मेदवार प्रदिप यादवलाई पछि पार्दै विजयी हुनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पन्तले २७ हजार २ सय ७४ मत ल्याएर प्रतिद्वन्द्वीलाई १४ हजार २ सय ४४ मतको फराकिलो मतअन्तरले विजयी हुनु भएको हो ।
निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदिप यादवले ल्याउनु भएको १३ हजार ३० मतभन्दा बढी मत अन्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पन्त विजयी हुनु भएको हो ।
पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रूगंटा ११ हजार ८ सय ८५ मत प्राप्त गरी तेश्रो स्थानमा हुनु हुन्छ ।साभार गोरखापत्र अनलाईन







