पर्सा क्षेत्र नम्बर २ मा रास्वपाका शुसिल साह कानु विजयी

दिपकप्रसाद गौतम
वीरगञ्ज (पर्सा), फागुन २३ गते ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुसिल साह कानुले १८ हजार ८ सय ५० मतको अन्तरले नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसियालाई पछि पार्दै विजयी हुनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कानुले ३० हजार ७ सय ४० मत ल्याएर प्रतिद्वन्द्वीलाई १८ हजार ८ सय ४० मतको फराकिलो मतअन्तरले विजयी हुनु भएको हो ।
निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसियाले ल्याउनु भएको ११ हजार ८ सय ९० मतभन्दा बढी मत अन्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कानु विजयी हुनु भएको हो ।
पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव ११ हजार ६ सय ५ मत प्राप्त गरी तेश्रो स्थानमा हुनु हुन्छ ।
यो संगै पर्सामा रहेका ४ निर्वाचन क्षेत्र मध्ये दुई क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुनु भएको छ भने बाँकि क्षेत्रमा पनि रास्वपा कै उम्मेदवार अगाडि रहनु भएको छ ।







