पर्सा क्षेत्र नम्बर ४ मा रास्वपाका टेक बहादुर शाक्य विजयी

दिपकप्रसाद गौतम
वीरगञ्ज (पर्सा), फागुन २४ गते ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार राती सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्य १५ हजार ४ सय ७२ मतको अन्तरले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाललाई पछि पार्दै विजयी हुनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शाक्यले २८ हजार ६ मत ल्याएर प्रतिद्वन्द्वीलाई १५ हजार ४ सय ७२ मतको फराकिलो मतअन्तरले विजयी हुनु भएको हो ।
निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले ल्याउनु भएको १२ हजार ५ सय ३४ मतभन्दा बढी मत अन्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शाक्य विजयी हुनु भएको हो ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ की निर्वाचन अधिकृत नुतन झाका अनुसार नेकपा एमालेका उम्मेदवार जालिम मिँयाले १२ हजार १ सय ४५ मत प्राप्त गरी तेश्रो स्थानमा हुनु हुन्छ । भने नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार जयप्रकाश थारुले ३ हजार १ सय १३ मत ल्याउनु भएको छ ।
यो संगै पर्सामा रहेका ४ निर्वाचन क्षेत्र मध्ये ३ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुनु भएको छ भने बाँकि क्षेत्रमा पनि रास्वपा कै उम्मेदवार अगाडि रहनु भएको छ ।

सम्बन्धित खबर







