दिपकप्रसाद गौतम
वीरगञ्ज (पर्सा), फागुन २४ गते ।
पर्सामा रहेका ४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले जीत निकाल्दै अन्य दलहरुलाई क्लीन स्वीप गरि दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसिया पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट १३ हजार ३ सय १३ मतको अन्तरले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीलाई पछि पार्दै विजयी हुनु भएको हो ।
यसअघि नै पर्सा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि प्रसाद पन्त ,
पर्सा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुसिल साह कानु र पर्सा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्य विजयी भईसक्नु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त चौरसियाले २९ हजार ६ सय ७९ मत ल्याएर प्रतिद्वन्द्वीलाई १३ हजार ३ सय १३ मतको फराकिलो मतअन्तरले विजयी हुनु भएको हो ।
उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीले १६ हजार ३ सय ६६ मत ल्याउनु भयो भने नेकपा एमालेका उम्मेदवार रुपेश कुमार पाण्डेयले ११ हजार ९ सय १४ मत प्राप्त गर्नुभयो ।