प्रधानमन्त्रीसँग मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदको छलफल

काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदसँगको छलफललाई निरन्तरता दिनुभएको छ । बुधबार मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएको हो ।
सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएका प्रधानमन्त्री शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यसँग छलफल गर्नुभएको थियो ।
छलफलमा संसद पन्तले प्रधानमन्त्री समक्ष राखे सिर्सिया नदि , क्यासिनो , मल खाद र महानगरको अबैद्व असुलिको बिषय ।
पर्सा १ का साम्सद हरि पन्तले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पर्सा १ संग जोडिएका गम्भीर बिषयहरु उठान गरेका छन । आज मधेस प्रदेशका साम्सद र प्रधानमन्त्री बालेन्द्र शाह बिच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटघाटको क्रममा संसद पन्तले यी गम्भीर बिषयहरु उठान गरेका हुन ।
प्रधानमन्त्री बालेन्द्र शाहसंग उनले विशेष गरि सिर्सिया नदि प्रदुषण हाटाउन अधिकार सम्पन्न समिती गठन गरि समयसिमा तोकेर सम्स्याको समस्या गर्नु अबको सरकारको काम भएको बताए । साम्सद पन्तले किसानलाइ चाहिएको समयमा चाहिएको जति मल कुनै पनि हालतमा सरकारले उपलब्ध गराउनु पर्ने समेत बताएका थिए ।
साम्सद पन्तले बिरगंजका क्यासिनो हरुको बिषयमा बोल्दै बिरगंजका प्रायः क्यासिनो हरुले नेपालिहरु लाइ अबैध रुपमा क्यासिनोमा प्रबेश गराएर धेरै बिरगंज बासिहरुको बिल्ली बाठ बनाउदा समेत प्रहरी र प्रशासन मुक दर्शक भएर बसेको आरोप समेत लगाएका थिए ।
भेटको क्रममा उनले बिरगंज महानगरको प्रसङ्ग झिक्दै महानगरले ठाउँ ठाउँमा ढाट राखेर अबैध अशुली गरि रहेको र यो बिषयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भन्दा सिडियोले एसपी लाई भन्न र एसपीले सिडियो सापलाइ भन्न भनेको प्रसङ्ग समेत प्रधानमन्त्री बालेद्र साहलाई सुनाएका थिए ।
सबै सुनी सकेपछी प्रधानमन्त्री बालेन्द्र साहले यस बिषयमा अहिले नै प्रहरि माहानिरिक्षक र गृह सचिबलाई निर्देशन दिने बताएका थिए । प्रधानमन्त्री बालेद्र शाहले जनप्रतिनिधिले भनेका जायज कुराहरू जिल्लाका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारिले नसुन्ने कुरै नहुने समेत बताएका थिए । भेट्को क्रममा श्रम मन्त्री दिपक साह , प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र मधेस प्रदेशका साम्सदहरुको उपस्तिथि थियो ।

सम्बन्धित खबर







