बुटवल चैत १८ गते । रुपन्देहीको तिनाउ गाउँपालिका वडा नम्बर ३ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालयकी एक अविवाहित छात्राले विद्यालयमै शिशु जन्माएकी छन्।
छात्राले विद्यालयको शौचालयमा शिशुलाई जन्म दिएकी हुन् । कक्षा ११ मा अध्ययनरत १८ वर्षीया छात्राले शिशु जन्माएकी छिन् ।
घर टाढा भएर विद्यालयले व्यवस्था गरेको कोठामा साथीहरूसँग बस्दै आएकी ती छात्राले आफ्नो गर्भावस्था लुकाएर राखेको बताइएको छ । अचानक शौचालयमै सुत्केरी व्यथा लागेपछि उनले त्यहीँ बच्चा जन्माएकी थिइन्। त्यसपछि मात्र घटना बाहिरिएको हो।
केही दिनअघि उनले पेट दुखेको भन्दै विद्यालयबाट सिटामोलसमेत लिएकी थिइन्। अहिले उनलाई अभिभावकको जिम्मा लगाइएको छ । शिशु जन्मिएपछि छात्राले सहपाठी एक युवकसँगको सम्बन्धबाट गर्भ रहेको खुलाएकी छिन् ।