श्रोत नखुलेको १० लाख रुपियाँ सहित तीन जना पक्राऊ

दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस २० गते ।
जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको दश लाख दुई हजार दश रुपियाँ सहित पक्राऊ परेका तीन जनालाई आईतबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु कार्कीका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ गडैयाटोल नजिकैको सडकखण्डबाट पक्राऊ गरेको हो ।
पक्राऊ पर्नेमा सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ४ देवरवानाका पवन कुमार साह , मुस्ताक अन्सारी र रामपुकार पासवान रहेका छन् । प्रहरीले बरामद भएको रकमको श्रोत खुलाउन नसकेपछि अवैद्य वित्तिय कारोबार ( हुण्डी ) मा संलग्न रहेको आशंकामा उनीहरुलाई ना.१६ प ३०२० नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो ।
प्रहरीले उनीहरु विरुद्द मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कार्कीले बताउनु भयो ।

सम्बन्धित खबर







