वीरगञ्ज, पुस २० गते ।
मधेस सरकारका भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलले मानव सेवामा खटिरहने मानवसेवा आश्रमका सदस्य तथा कर्मचारीहरु भगवानको अर्को रुप हुन भन्नु भएको छ ।
शनिबार वीरगञ्जमा आयोजित मानवसेवा आश्रम वीरगन्जको ८ औ वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मधेस सरकारका भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री पटेलले आफन्तहरु नभएका सडकमा रहेका मानसिक अवस्था ठीक नभएका मानिसहरुलाई उद्दार गरी व्यक्तिगत सरसफाई ,उपचार तथा खानपान सहित वसोवासको व्यवस्थामा खटिने मानवसेवा आश्रमका सदस्य तथा कर्मचारीहरु भगवानको अर्को रुप भएको बताउनु भएको हो ।
उहाँले निवार्स्थ कोहि नभएका सहयोगअपेक्षी मानवहरुको सेवामा लागेका मानवसेवाका आश्रमका सदस्य तथा कर्मचारीहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिदै भन्नुभयो, ‘हामी सबै धार्मिक मान्यताका मानिसहरु भएकाले यस्ता ईश्वररुपी मानिसहरुलाई हामी सबैले आ आफनो ठाँऊबाट सहयोग गर्नु पर्दछ । म पनि मैले गर्न सक्ने सहयोग गर्नेछु ।’
कार्यक्रमलाई सम्बोधन गदै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वर्तमान समयमा विश्व नै युद्ध तथा स्वार्थका पछि लागि रहेको बताउदै यस्तो समयमा मानवहरुका लागि यसरी निस्वार्थ रुपमा गरिने सेवा विश्वकालागि उदाहरणीय भएको टिप्पणी गर्नुभयो ।
मधेस विश्व विद्यालयका उपकुलपति दिपक शाक्यले मुठि दानबाट सुरु गरिएको वीरगञ्जको मानव सेवा आश्रमले राम्रो सेवा दिईरहेकोमा बधाई दिर्दै विद्यालय विद्यालयमा गएर मानवसेवा आश्रमका सदस्यहरुले नैतिकता तथा मानव सेवा सिकाउदै हिड्नुले समाजमा ठूलो योगदान दिई रहेको दाबी गर्नु भयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सडकमा रहेका , मानसिक स्वास्थ्य अवस्था ठीक नभएका मानिसहरुलाई औषधोपचार गर्नु , खानपान , व्यक्तिगत सरसफाई सहित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण कार्य रहेको बताउनु भयो । वीरगञ्ज सामाजिक कामका लागि दाताहरु प्रशस्त रहेपनि सामाजिक कार्यमा अटुटरुपमा लामो समयसम्म लागि रहेका मानवसेवा आश्रमका सदस्यहरुको कार्यको उहाँले खुलेर प्रशंसा गर्नुभयो ।
वीरगञ्ज स्थित मानसेवा आश्रममा अहिले पनि ५४ जना आश्रित रहेको र आश्रमले २०७४ सालमा स्थापित भएयता ३ सय २३ जनाको सडकबाट उद्दार गरी सो अवधिमा १ सय ३३ जनाको घर पारिवार पत्ता लगाई परिवारसंग मिलाउन सफल भएको कार्यक्रममा जानकारी दिईयो । वीरगञ्जको नौतनमा आश्रमको भवन निमार्णधिन रहेको वीरगञ्ज स्थित मानसेवा आश्रमका दिवेश मानवसेवाले जानकारी दिनु भयो ।