नेपाली कम्युनिष्ट पार्टीका पर्सा १ का उम्मेदवार चौरसिया भन्छन् आम नागरिकहरुको दयनिय अवस्था देखेर राजनीतिमा आए

वीरगञ्ज, माघ १९ गते ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट पर्सा जिल्ला क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका अजय चौरसियाले नागरिकहरु जीवनका आधारभूत आवश्यक तथा संविद्यानले प्रत्याभूत गरेका हक अधिकार दिलाउन आफू राजनीतिमा प्रवेश गरेको बताउनु भएको छ ।
चुनावी रणनीति बनाउन सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार चौरसियाले आफू चार्टर एकाउन्टेन्ड (सिए) भएपनि आम नागरिकहरुको दयनिय अवस्था देखेर तल्लो तह तथा गरिबीको रेखामुनि रहेका आम नागरिकलाई मौलिक हक अधिकार दिलाउन राजनीतिमा लागेको बताउनु भएको हो ।
सम्बोधनका क्रममा उम्मेदवार चौरसियाले नारायणी अस्पतालमा छोराको उपचार गराउन आउनु भएकी एक वृद्ध महिला अनि वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० की अर्की एक वृद्ध महिलाको कारुणिक दृश्य तथा दयनिय अवस्थाले भावुक बनाएपछि आफू राजनीतिमा सक्रिय भएको स्पष्ट पार्नु भयो ।
प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बन्न उम्मेदवारले करोडौ खर्च गर्ने गरेको सुनेको भएपछि आफूले एक रुपियाँ पनि खर्च गर्नु नपरेको दाबी गर्नु हुर्दै मतदाताले योग्य उम्मेदवारलाई भोट दिने भएकाले आफूले जनमत पाउने बताउनु भयो ।
पर्सामा रहेका धेरै उद्योग कल कारखानाहरुले भारतीय नागरिकलाई कामदार बनाउने गरेकाले यहाँका स्थानीय नागरिक बेरोजगार हुनु परेको धारणा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता सब्बा अन्सारीले राख्नुभयो ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का भातृसंगठनहरु मजदुर संगठन , खेलकुद संगठन , प्रेस संगठन , वृद्धिजीवि संगठन , मधेसी मुक्ति मोर्चा , मुस्लिम मुक्ति मोर्चा , महिला संगठनका नेता तथा अगुवा कार्यकर्ताहरुले चुनावको वर्तमान अवस्था र नेपाली कम्युनिष्ट पार्टीको स्थितीका बारेमा आ आफनो धारणा राख्दै चुनावमा आफना उम्मेदवारलाई जिताउन के के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।
अगुवा कार्यकर्ता भेला सम्पन्न
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नम्बर १ द्वारा आयोजित भेटघाट तथा छलफल कार्यक्रम सोमबार एक भव्य सभासहित सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता सब्बाह अन्सारीले गरेका थिए भने क्षेत्र नम्बर १ का उम्मेदवार CA अजय चौरसिया प्रमुख अतिथि भएर उपस्थित रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य तथा धारणा व्यक्त गर्ने क्रममा मदन कुर्मी,जफर अन्सारी,उमेश ठाकुर,शान्ता महर्जन,जितेन्द्र महतो,ई. नुरुलहोदा आलम,सुरेन्द्र साह कानु आदिले संगठन सुदृढीकरण, निर्वाचन तयारी र जनसमस्याका विषयमा महत्वपूर्ण विचार राखे।मुख्य अतिथि CA अजय चौरसियाले पार्टीको नीति–कार्यक्रम जनतामा विश्वसनीय रूपमा पुगेको उल्लेख गर्दै आगामी निर्वाचनमा नेकपा पर्सा–१ बलियो रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गरे। उनले विकास, सुशासन र युवाको सहभागितालाई प्राथमिकता दिने प्रतिबद्धता पनि दोहोर्याए। कार्यक्रमको उद्घोषणा तथा सञ्चालन अनिल पटेलले गरेका थिए। कार्यक्रममा युवा तथा श्रमिक क्षेत्रका दर्जनौँ नेता तथा कार्यकर्ताको उपस्थिति उल्लेखनीय रह्यो। सहभागीमध्ये युवा सङ्घका केन्द्रीय प्रतिनिधि अनिल पटेल, दीपक साह, सन्दीप पटेल मजदुर नेता गजाधर पटेल, टुन तिवारी नेता नन्दकिशोर पन्जियार , महमुद आलम,मदन कुर्मी, ब्याँस यादव,महम्मद सलाम लगायत पार्टी युवा नेताहरू आकाश पटेल, बिश्वेश्वर पटेल, आस नारायण प्रजापति, जितेन्द्र महतो लगायत धेरै कार्यकर्ताहरू सहभागी थिए। नेताहरूले पर्सा क्षेत्र नम्बर १ मा पार्टीप्रति जनसमर्थन बढ्दै गएको तथा संगठनगत गतिविधि थप सक्रिय भएको बताएका छन्।

सम्बन्धित खबर







