सिर्सिया सुख्खा बन्दरगाहद्वारा ४० अर्ब ८ करोड ३२ लाख राजश्व असुली


दिपकप्रसाद गौतम
वीरगञ्ज,बैशाख ०४ गते ।
वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिने अवधीमा ४० अर्ब ८ करोड ३२ लाख ७४ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।
वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन भदौ असोज, कात्तिक , मंसिर, पुस , माघ , फागुन , चैत र बैशाख महिनागरी पछिल्लो १० महिने अवधीमा ४० अर्ब ८ करोड ३२ लाख ७४ हजार रुपियाँ राजस्व संकलन गरेको हो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयको तथ्याङकका आधारमा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा तीन अर्ब ७५ करोड २२ लाख ११ हजार रुपियाँ, भदौमा चार अर्ब ६४ करोड ३० लाख २७ हजार रुपियाँ ,असोजमा चार अर्ब ३६ करोड ४५ लाख २५ हजार रुपियाँ र कात्तिकमा तीन अर्ब ७९ करोड २९ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तैगरी मंसिरमा तीन अर्ब २२ करोड ८४ लाख २९ हजार रुपैयाँ र पुसमा तीन अर्ब ५६ करोड २१ लाख ९१ हजार रुपैयाँ त्यस्तै गरी माघमा चार अर्ब २९ करोड ९२ लाख ३५ हजार रुपियाँ , फागुनमा चार अर्ब ६८ करोड ६३ लाख २५ हजार रुपियाँ , चैतमा चार अर्ब ५० करोड ६९ लाख ७० हजार रुपियाँ राजस्व संकलन गरेको थियो भने बैशाखमा तीन अर्ब २४ करोड ७४ लाख २४ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।
भन्सार विभागले दिएको ४९ अर्ब २१ करोड ११ लाख ५१ हजार रुपियाँ राजस्व संकलनको लक्ष्यमा कार्यालयले ९ अर्ब १२ करोड ७८ लाख ७७ हजार रुपियाँ कम राजश्व असुली गरी ४० अर्ब ८ करोड ३२ लाख ७४ हजार रुपियाँ राजस्व संकलन गर्न सफल भएको हो । जुन लक्ष्यको ८१ दशमलव ४५ प्रतिशत हो ।
१० महिनाको अवधिमा कुल वार्षिक लक्ष्य ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपियाँको ६६ दशमलव ७५ प्रतिशत राजस्व संकलन गरेको हो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट हुने मालसामान आयात घट्दा राजस्व संकलनमा कमी आएको दाबी गर्नुहुन्छ भयो ।

सम्बन्धित खबर


