१७ फागुन,वीरगञ्ज । हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई—मधेस जागरण अभियानलाई सफल पार्न माओवादी केन्द्र पर्सा पनि सक्रिय भएर लागेको छ ।

पूरानो कार्यतालिका अनुसार फागुन २४ गते पर्सामा कार्यक्रम हुने भनिएको भए पनि कार्यक्रम दुई दिन पछाडि सरे पछि पर्सामा नेकपा माओवादी केन्द्रका शिर्षस्थ नेताहरुको सहभागिता रहने बिभिन्न कार्यक्रम फागुन २६ गते सरेको छ ।

उक्त फागुन २६ गतेको कार्यक्रम सफल पार्नका लागि नेकपा माओवादी केन्द्रका नेता तथा अगुवा कार्यकर्ताहरु तयारीमा तोडतोडका साथ लाग्नुभएको छ ।
उक्त फागुन २६ का दिन पर्सा जिल्लाको मुख्य कार्यक्रम बिन्दबासिनी गाउँपालिकाको बहुआर्वाभाठ्ठामा विशाल जनसाभा गरेर हुने भएको हो ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका कार्यक्रमहरुको अन्तिम टुंगो लगाउन नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पर्साका पूर्व अध्यक्ष रामदरश कुशवाहाको अध्यक्षतामा बिभिन्न जनवर्गिाय संगठन (जवस मोर्चा ) तथा पालिका पदाधिकारीहरूको बैठक बसेको छ ।

बैठकले बहुआर्वाभाठ्ठामा विशाल जनसभा गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका पर्सा जिल्ला इञ्चार्ज विजय महतोले जानकारी दिनु भयो ।