मोटरसाईकल चालकको मृत्यु , एक घाईते


दिपकप्रसाद गौतम / वीरगञ्ज समाचारदाता
वीरगञ्ज, जेठ १० गते ।
वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौमा शनिबार भएको सवारी दुर्घटनामा मोटर साईकल चालक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
शनिबार साझ ४ बजे वीरगञ्जबाट अलौतर्फ गइरहेको लु. ५ च. ८१५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना. ७ ख. ९४२९ नम्बरको टिपरले ठक्कर दिदाँ मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१६, नगवा टोलका २२ वर्षीय छोटु साह सोनारको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि सवार वीरगञ्ज–२९, रतनपुर टोलका २९ वर्षीय शुकुरुला अंसारी घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका छोटु साह सोनारको टाउको र छातीमा गहिरो चोट लागेकाले उनलाई घटनास्थलबाट तुरुन्तै नीलकण्ठ अस्पताल लगिएतापनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सवार वीरगञ्ज–२९, रतनपुर टोलका २९ वर्षीय शुकुरुला अंसारीको कम्मर र दुवै खुट्टामा चोट लागेको र अहिले नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचाररत रहेको जनाईएको छ ।
टिपर चालक बारा, कलैया उपमहानगरपालिका–१६ निवासी ३२ वर्षीय कृष्ण प्रसाद पटेल , मोटरसाइकल र टिपरलाई इलाका प्रहरी कार्यालय श्रीपुर राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर


