फोनिज मधेस प्रदेशले गर्यो चार पत्रकारलाई सम्मान

१७ फागुन,वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशले चारजना पत्रकार सम्मानित गरेको छ ।
फोनिज मधेस प्रदेशले स्थापना गरेको देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार दुई जना र क्रियाशील पत्रकारिता पुरस्कार २ जनालाई गरी ४ जनालाई प्रदान गरेको हो । सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार सत्य प्रसाद श्रेष्ठ र रिना आलेलाई देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार र लक्ष्मी चौधरी र डम्बर राईलाई क्रियाशील पत्रकारीता पुरस्कार प्रदान गरिएको हो । फोनिजको मधेस प्रदेशको पाचौं साधारणसभामा प्रमुख अतिथि सभामुख रामचन्द्र मण्डलले चारैजनालाई पुरस्कार प्रदान गर्नु भएको हो ।
चारै जनालाई जनही १०–१० हजार नगद, दोसल्ला र अविर माला सहित सम्मान गरिएको थियो । बाराको कोल्हवी नगरपालिकामा भएको साधारणसभा बन्दसत्रबाट सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सहित महात्वपूर्ण निर्णय गरेर समापन हुने फोनिज फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले बताउनु भयो ।
यसैबीच सम्मानित बाराका अग्रज पत्रकार सत्यप्रकाश श्रेष्ठले आफूले पाएको नगद पुरस्कार फोनिज बारालाई हस्तान्तरण गर्नुभएको छ ।

सम्बन्धित खबर







