ग्यालेक्सी स्कुलमा गर्यो महानगरले सिलबन्दी


वीरगञ्ज, चैत २७ गते ।
अवैधरूपमा सञ्चालनमा आएको आरोपमा ग्यालेक्सी सेकेण्डरी स्कुलमा वीगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नं. १० आदर्श टोलमा सञ्चालित उक्त स्कुलमा महानगरपालिकाको अनुगमन टोलीले बुधवार सिलबन्दी गरेको हो ।
वीरगञ्ज महानगर पालिकाकक शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार विद्यालयले व्यवसाय कर, घर बहाल कर, एकिकृत कर लगायतका कर नबुझाएको, अनुमति पत्र नविकरण नगरेको, इएमआईएस अध्यावधिक नगरेको, पटक पटक कागजात माग्दा विवरण उपलब्ध नगराएकाले बुधबार अनुगमन टोली विद्यालय पुगेर मुलगेटमा सिलबन्दी गरेको हो।
महानगरपालिकाले पछिल्लो शैक्षिक सत्रदेखिअनुमति नलिई अवैध रूपले सञ्चालनमा रहेका विद्यालयलाई कारबाही गर्दै आएको छ ।
विधालयमा सिलबन्दी गर्न पुगेको अनुगमन टोलीमा नगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत सृजना बुढाथोकी, नगर प्रहरी इन्चार्ज हरि प्रसाद भुषाल एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
अवैधरूपमा सञ्चालनमा आएको आरोपमा ग्यालेक्सी सेकेण्डरी स्कुलमा सिलबन्दी गर्दै वीगञ्ज महानगरपालिकाको अनुगमन टोली
