पर्सा जिल्ला अदालतले गर्यो ७ हजार २ सय ४४ मुद्दाको फछ्यौट

दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन २६ गते ।
पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/८२ मा अदालतमा दर्ता भएका नयाँ /पूराना गरी बिभिन्न ७ हजार २ सय ४४ मुद्दालाई फछ्यौंट गरेको छ ।
पर्सा जिल्ला अदालत परिसरमा आयोजित वार्षिक कार्य प्रगति सार्वजनिक गर्न आयोजित कार्यक्रममा न्यायधिस नन्दकिशोर प्रसाद यादवले अदालतको कार्य प्रगति सार्वजनिक गर्नुहुँदै आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४४ मुद्दा फछ्यौट गरिएको जानकारी दिनुभएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा फछ्यौंट हुन नसकी जिम्मेवारी सरेर आएका ६ हजार ९२ मुद्दा र आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका नयाँ ६ हजार ५ सय ४३ गरी १२ हजार ६ सय ३५ मुद्दा मध्येबाट आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४४ मुद्दा फछ्यौट भएका हुन् ।
न्यायधिस माधव प्रसाद घिमिरेले सबैभन्दा बढी ९ सय ८३ वटा मुद्दा , न्यायधिस दीपक खनालले ९ सय ३९ वटा मुद्दा , न्यायधिस नन्दकिशोर प्रसाद यादवले ७ सय ६२ वटा मुद्दा र न्यायधिस आनन्द प्रसाद श्रेष्ठले ६ सय ३० वटा मुद्दा फछ्यौंट गर्नु भएको छ ।
त्यस्तैगरी न्यायधिस प्रमेस पोखरेलले ६ सय ५ वटा , न्यायधिस मोहन सुबेदीले ५ सय ८४ वटा , न्यायधिस कमलकान्त जोशीले ५ सय ६६ वटा , न्यायधिस मुकुन्द आचार्यले ५ सय ३८ वटा र न्यायधिस रुद्र प्रसाद सुबेदीले ५ सय १ वटा मुद्दा फछ्यौट गर्नुभएको कार्यक्रममा जानकारी दिईयो ।
न्यायधिस उपेन्द्रकेशर खनालले ३ सय ७७ वटा मुद्दा , न्यायधिस उत्तम सिलवालले ३ सय ४ वटा मुद्दा र सरुवा भइ जानुभएका अन्य न्यायधिसहरुले ४ सय ५५ मुद्दा फछ्यौट गर्नु भएको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/८२ मा फछ्यौंट भएका ७ हजार २ सय ४४ मुद्दा कूल १२ हजार ६ सय ३५ मुद्दाको ५७ दशमलव ३३ हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कूल १४ हजार १ सय ६६ मुद्दाको ५७ प्रतिशत अर्थात ८ हजार ७४ वटा मुद्दा फछ्यौंट भएका थिए ।
कार्यक्रममा सबैभन्दा बढी मुद्दा फछ्यौट गर्ने न्यायधिस माधव प्रसाद घिमिरेलाई दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

सम्बन्धित खबर







